काठमाडौं । आज बिहानैदेखि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ ।
देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
तपाईंको प्रतिकृया




