नागरिकता पाउनुपर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन

जन्मसिद्ध र एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राखेर काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

नागरिकताविहीन नागरिक संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ अनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो।

राज्यले आफूहरूलाई नागरिकता नदिएर गैरनागरिक बनाउन खोजेको उनीहरूको आरोप छ। साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य