सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। सिन्धुपाल्चाेककाे बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्। सभामुख सापकोटाले बलेफी–३ फुल्पिङकाेटमा फुल्पिङकाेट स्वास्थ्यचौकी भवनको शिलान्यास गरे।
तपाईंको प्रतिकृया




