इथियोपियाको शरणार्थी शिविरमा हवाई, ५६ जनाको मृत्यु

एजेन्सी । इथियोपियाको एक शरणार्थी शिविरमा हवाई हमला हुँदा ५६ जनाको मृत्यु भएको छ । इथियोपियाको उत्तरी क्षेत्रमा रहेको शरणार्थी शिबिरमा भएको हमलामा दर्जनौं घाइते भएका छन् ।

डेडेबिट शहरको एक बिद्यालयमा रहेको शरणार्थी शिविरमा हवाई हमला भएको बताइएको छ । त्यहाँको टिग्रे बिद्रोही समूहले वर्षौदेखि गर्दै आएको आतंकवादी हमलाका कारण वर्षेनी सयोैंको ज्यान जाने गरेको छ । यद्दपी यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

गत शुक्रबार मात्रै इथियोपिया सरकारले आफ्नो नियन्त्रणमा रहेका टिग्रायन पिपुल्स लिबरेशन फ्रन्टका नेताहरु सहित अन्य उच्च पदस्थ अधिकारीहरुलाई रिहा गर्ने घोषणा गरेको बेला यो हमला भएको हो । इथियोपियामा दशकौंदेखि जारी युद्धका बीच हजारौं पलायन भइसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य