नेपाल बारको बिरोध प्रदर्शन आज पनि कायमै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आइतबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले आवाज उठाएको बताए। उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताए।

अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानून व्यवसायीहरुले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस