तत्कालिन राजा स्व.वीरेन्द्र शाहको आज ७७ औं जन्मजयन्ती मनाईंदै

तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७७ औं जन्मजयन्ती आज उनको सम्झना गरि मनाईंदैछ। वीरेन्द्रको जन्म विसं. २००२ साल पुस १४ मा भएको थियो। तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको पहिलो पुत्रका रुपमा जन्मिएका थिए वीरेन्द्र ।

विसंं २०२८ सालमा उनी नेपालका राजा भएका थिए। २०५८ साल जेठ १९ मा राजदरबार हत्याकाण्डमा वीरेन्द्रको निधन भएको थियो।

पारिवारिक जमघटको समयमा जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट उनको निधन भएको हो । सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो। दरबार हत्याकाण्ड आजसम्म रहस्यमै छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस