प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो, १३ हजार ९३ जनाका लागि अवसर

शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सातवटै प्रदेशमा खुल्ला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो। सबैभन्दा बढी काेटा खुल्लामा ७ हजार २०३ रहेकाे छ।

याेग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ। दरखास्त अनलाइनमार्फत् बुझाउन सकिनेछ। आयाेगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेकाे छ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री