नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आइतबार बुटवल पावर कम्पनीको १० प्रतिशत र समृद्धि फाइनान्सको ५० प्रतिशत सेयर मूल्य समायोजन गरेको हो ।

दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।

बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

समृद्धि फाइनान्सको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले ३६१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसले दुई बराबर एक अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गार्डियन माइक्रो लाइफको साधारण शेयर निष्काशनका लागि कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २२,५०,००० कित्ता …

प्रतिकृया दिनुहॊस