अमेरिकाद्वारा नेपाललाई ६ लाख ६४ हजार डोज खोप सहयोग

अमेरिकी सरकारले अनुदान स्वरुप थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाललाई उपलब्ध गराएको छ ।

शुक्रबार अमेरिकी राजदुतावासले विज्ञप्ति जारी गर्दै कोभ्याक्स सुविधा मार्फत उक्त खोप नेपाललाई प्रदान गरेको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, यी खोपहरू नेपालका विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ। विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभिड–१९ बाट सुरक्षित राख्नका लागि १२ देखि १७ उमेर समूहका लागि यो खोपले निकै महत्वपूर्ण भूमिका खेल्नेछ । हामी सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्न निरन्तर सहकार्य गरिरहनेछौं।’

अमेरिकाले नेपाललाई काभिड १९ भाइरस देखा परेदेखि नै निरन्तर सहयोग गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य