भारतमा ओमिक्रोन उच्चदरमा फैलिँदै, उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू घोषणा

ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ।

शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो। यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन्। जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ। सामाजिक जमघटमा कोभिडसम्बन्धी सम्पूर्ण मापदन्ड पालना गर्नु पर्नेछ।

यसअघि बिहीबार मध्य प्रदेशमा रात्रिकालिन कर्फ्यू लगाइएको थियो। कोभिडको कारण जनाउँदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए। मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन्।

भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएकाे छ।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री