काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । बिहीहिबार पार्टी अध्यक्ष रविन्द्र मिश्रलाई एक पत्र लेख्दै आफुले पार्टी परित्याग गरेको जानकारी दिएकी हुन् ।
अध्यक्ष मिश्रलाई पत्र लेख्दै दर्शनाले पार्टीको मूल नेतृत्व अधिकतम ढोंगी रहेको आरोप लगाउदै वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको आरोप लगाएकी छन् ।
उनले भनेकी छन्- ‘विसं २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढाव हरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाए ।’
उनले संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मुलचारित्र नै दुर्घन्दित बनाएर भैरहेका गतिविधिले अगामी दिनका नयाँ पुस्तालाई समेत नविनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको बताएकी छन् ।
उनले पत्रमा भनेकी छन्- ‘ मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन। म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु ।’
प्रतिकृया दिनुहॊस