युवा समूहबीच छुरा हानाहान हुँदा एकको मृत्यु

काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिका-६ डोहटियामा शनिवार राति छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । युवाहरुको दुई समूहबीच भएको छुरा हानाहानमा सोही ठाउँका २५ वर्षीय रामकुमार सदायको उपचारको क्रममा मृत्यु भएको छ ।

सोही ठाउँका १८ वर्षीय निकेश सदाय घाइते छन् । छातीसहित शरीरका विभिन्न भागमा छुरा प्रहारबाट गम्भीर घाइते रामुकमारलाई आरके मेडिसिटी अस्पताल धनगढीमाईमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । निकेशको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयहरु पूर्व-पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य