युवा समूहबीच छुरा हानाहान हुँदा एकको मृत्यु

काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिका-६ डोहटियामा शनिवार राति छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । युवाहरुको दुई समूहबीच भएको छुरा हानाहानमा सोही ठाउँका २५ वर्षीय रामकुमार सदायको उपचारको क्रममा मृत्यु भएको छ ।

सोही ठाउँका १८ वर्षीय निकेश सदाय घाइते छन् । छातीसहित शरीरका विभिन्न भागमा छुरा प्रहारबाट गम्भीर घाइते रामुकमारलाई आरके मेडिसिटी अस्पताल धनगढीमाईमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । निकेशको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयहरु पूर्व-पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस