कांग्रेस महाधिवेशनः १३ पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ।

पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ। १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ। १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन्।

जसमध्ये १ सभापति, १ उपसभापति र ६ सहमहामन्त्रीमा देउवापक्षले जितेको छ।

एक उपसभापति र एक महामन्त्रीका साथ २ सहमहामन्त्री सभापतिमा पराजित शेखर कोइराला पक्षले जितेको छ। अर्का पराजित सभापतिका उम्मेदवार प्रकाशमान सिंह पक्षले एक महामन्त्री जितेको छ।

सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का विजयी भएका छन् । ८ मध्ये सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन्।

तर, पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री भने देउवाले गुमाएका छन् । उनी पक्षका प्रकाशशरण महत र प्रदीप पौडेललाई शेखर कोइराला पक्षका गगन थापा र प्रकाशमान पक्षका विश्वप्रकाशले जितेका छन्। दुवै जना नेतृत्वको आलोचना गर्न सक्ने र युवामाझ मन पराइएका नेता हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य