जापानमा आठ तले भवनमा भीषण आगलागी, २७ बढीको मृत्यु भएको आशंका

एजेन्सी । जापानको पश्चिमी क्षेत्रस्थित ओसाका शहरको आठ तले भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ । जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार शुक्रबार ओसाका शहरको आठ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको हो ।

सो क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको समाचारमा उल्लेख छ । यो आगलागीबाट २८ जना मानिसहरु प्रभावित भएका थिए । जसमध्ये २७ जनालाई मुटु र फोक्सोले काम नगरेको अवस्थामा फेला पारिएको हो । अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य