सांग्रिला डेभलपमेन्ट बैंकको १०५ औं शाखा बर्दियाको सानोश्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले सोमबारदेखि सानोश्री, बर्दीया शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले शहरी तथा ग्रामीण क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै मधुवन नगरपालिका वडा नं. ६, सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो।

सानोश्री शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य