नेकपा एमालेको केन्द्रीय सदस्यमा रामेछापबाट गीता कार्की मनोनित भएकी छिन्।
शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले कार्कीसहित ४४ भन्दा बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन्।
कार्कीले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नै केन्द्रीय सदस्यको उम्मेद्वारको घोषणा गरकी थिइन्। तर, सर्वसहमतिमै सदस्य चयन हुने भएपछि मनाेनयन दर्ता गराएकी थिइनन्।
कार्की १० औं राष्ट्रिय महाधिवेशनमा रामेछापबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् । एमालेले विधानमै ३३ प्रतिशत महिला सहभागी अनिवार्य गरेको छ। विधान अनुसार एमालेले १५ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा रामेछापबाट कार्की परेकी हुन्।
तपाईंको प्रतिकृया




