नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन निर्वाचित

नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्नको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्रप्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष चन्द्र टण्डनले राखेका थिए।

त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भिर्‍याउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए ।

आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेर्तत्व चयन गरिएको बताए । संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकारात्मक हुने रेमिट्यान्स गतआर्थिक वर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमाभने शुरु देखिनै रेमिट्यान्स आप्रवाहमा आएको गिरावट प्रतिचिन्ता ब्यक्त गरे ।

संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन गरेका थिए । होटल एलफ्ट ठमेल काठमाडौंमा सम्पन्न १६ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा चन्द्र टण्डन(सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.) लाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँकार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रा.लि.) ईन्द्रप्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रा.लि.)तथा सचिवमा दिपेन्द्र खनाल(इजीलिंक रेमिट्यान्स प्रा.लि.)चयन भएका छन्।

यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल (जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक(ए.टि.टि रेमिट प्रा.लि.), चयन भएका छन् । संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमाश्रेष्ठ (हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा(प्रभू मनिट्रान्सफर प्रा.लि.)मनोनित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रुपका अध्यक्षचन्द्र प्रसाद ढकालको भूमिकालाई स्मरण गर्दै उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यवसायको क्षेत्र बनेको उल्लेख गरे । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलगायत यस क्षेत्रलाई योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उनीहरुको योगदानको उच्चकदर गरे।

सोहीक्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन आफू लागी पर्ने प्रतिवद्धता पनि व्यक्त गरे। नेपाल मुद्रा विप्रेषक संघले संघको १६औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

टेलिकमको दशैँ अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठलगायतका अवसरमा दशैँ अफर २०८१ …

प्रतिकृया दिनुहॊस