चाइनिज सुपर लिग फुटबल ‘एक्सन स्पोर्ट्स एच डि-१’ मा प्रशारण हुँदै

चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ ले लिएको छ । यस सिजनको चाइनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन्।

पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिगको नामबाट सुरु भएको थियो । चाइनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ। यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडीहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन्।

ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डि १ र एच डि २ च्यालन मार्फत बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस