काेराेना अपडेटः २५४ जना संक्रमित थपिँदा २३४ जना निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २४ हजार २२२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ७८२ जना रहेको छ।

आज २३४ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ६ हजार ७७८ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ। अहिले मृत्युदर १.४ प्रतिशत छ।

त्यसैगरी पछिल्लो समय ६९ हजार ५८० जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८९० रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस