देउवा प्यानलबाट कांग्रेस केन्द्रीय सदस्यमा ढुङ्गाना र रिजाल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश-२ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुङ्गाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । ढुङ्गाना र रिजाल दुबै संस्थापन (देउवा) पक्षका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । …

प्रतिकृया दिनुहॊस