डा. केसीको अवस्था झन् जटिल, दोस्रो वार्ता पनि विफल

काठमाडौँ । १८ दिनदेखि जुम्लाको खलङ्गामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । अनशन लम्बिएपछि केसीको शरीरमा विभिन्न असामान्य किसिमका गतिविधिहरु हुने क्रम बढेकाे छ । त्यसकारण जुनसुकै बेला मुटुको चाल बन्द हुन सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

केसीलाई छातीमा पीडा भएर श्वास फेर्न गाह्रो भएपछि सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल टिमले जाँच गर्दा केसीको शरिरको रगतमा अक्सिजनको मात्रा ६० पाइएको छ ।

दोस्रो वार्ता पनि सफल भएन

अाज भएको दोस्रो चरणको वार्ता पनि विफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सरकारी वार्ता टोली र केसी पक्षबीच भएको वार्ता सहमतिबिना नै टुंगिएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस