दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० जिल्लामा आज कांग्रेस अधिवेशन

नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दैछ। धेरै जिल्लामा आज मनोनयन दर्ता र भोलि चुनाव हुँदैछ। चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ।

कांग्रेसको ३२ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्वसमेत छनोट भइसकेको छ। निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए।

हालसम्म ३१ जिल्लामा अधिवेशन सम्पन्न भएकामा १६ जिल्लामा सभापति शेरबहादुर देउवा र १४ जिल्लामा नेता रामचन्द्र पौडेल पक्षले जित हात पारेको छ।

आज हुन गइरहेका अधिकांश जिल्लामा पनि संस्थापन र इतर समूह प्यानल बनाएर चुनाव लडिरहेका छन्। ललितपुर, कैलालीलगायतका जिल्लामा भने संस्थापन समूहकै दुई प्यानल देखिएको छ।

कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ। जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ। कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ।

सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ। पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ। सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् । तर पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस