प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै बारले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

जबराको राजीनामा मागेर एक महिनादेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको बारले राजनीतिक दललाई गुहारेको हो। जबरालाई महाअभियोग लगाएर हटाउन आग्रह गर्दै बारले शुक्रबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो।

यसअघि बारले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई ज्ञापनपत्र बुझाएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कांग्रेसले भन्यो- पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बने, सरकारले अवरोध हटाओस्

काठमाडौं । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध …

प्रतिकृया दिनुहॊस