नेपाल बङ्गलादेश बैंकका अध्यक्ष ए.आर एम. नजमुस शकिबद्वारा शपथ ग्रहण

नेपाल बङ्गलादेश बैंकले नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निवर्तमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ।

अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंकको उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

हाल बैंकले देशभर १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री