नेपाल राष्ट्र बैंकले बिक्री गर्याे १४ अर्ब ८१ करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गरेको छ।

बैंकले ९१ दिन अवधिको दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गरेको हो।

बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी ०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी ०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ। यसअघि कात्तिक २९ मा बैंकले ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजेसम्म खुल्ला भएकाे बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने मध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप