मिदासले सुरू गर्याे अनलाइन अपोइन्टमेन्ट सेवा

आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धित मिदास टेक्नोलोजीले अस्पतालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।

यो सेवा हाललाई वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेयर प्रयोगकर्ता, अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ। बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ। यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभ merodoctor.com मार्फत पनि उल्लेखित अस्पतालका अनलाइन ओ.पी.डी. टिकट सेवा प्रदान गर्दै आइरहेको छ।

विश्वमा भइरहेको कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

मिदास टेक्नोलोजिज्स् प्रा.लिको बारेमाः–
स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय नाम मिदास टेक्नोलोजी आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनी हो। विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्णरूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ। मिदासले देशभरका १५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री