आजदेखि राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि छनोटका लागि आज  निर्वाचन शुरु हुँदैछ । यही मंसिर १५–१७ गतेसम्म काठमाडौंमा हुने आफ्नो महाधिवेशनका लागि राप्रपाले आजदेखि प्रतिनिधि चुन्न लागेको हो ।

महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २ हजार ९७० प्रतिनिधि छनोटका लागि मंसिर ६, ७ र ८ गते निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा ९ जना प्रतिनिधि छनोट गर्नेछ । जसअनुसार ३ खस आर्य (अन्य), ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारुलगायत गरी ९ जना चयन गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिएका छन् । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत ४ हजार ५ सय जना महाधिवेशन प्रतिनिधि हुनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य