काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाएका छन् । बाइडेनले दीपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिएका हुन् ।
उनले आफ्नो ट्विटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिरसहित दीपावलीको शुभकामना दिए । तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन् ।
बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका थिए । ‘दिवालीको प्रकाशले हामीलाई सधैँ यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ,’ उनले लेखेका छन् ।
उनले अमेरिका र विश्वभर रहेका दीपावली मनाउने हिन्दु, शिख, जैन र बुद्धिस्ट समुदायलाई दीपावलीको शुभकामना दिए ।
May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope.
To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali. pic.twitter.com/1ubBePGB4f
— President Biden Archived (@POTUS46Archive) November 4, 2021




