जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

जाजरकोट।

जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ। १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ।

आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्। धनबहादुर चालक हुन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री