भारतद्वारा अग्नी–५ मिसाइल परीक्षण, पाँच हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने

नयाँ दिल्ली।

भारतले अग्नी–५ मिसाइलको सफल परीक्षण गरेको छ। उडिसाको एपीजे अब्दुल कलाम टापुबाट मिसाइल परीक्षण गरेको हो। मिसाइलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ।

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकिसत गरेको थियो। अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ।

गत जुनमा भारतले अग्नी प्राइम मिसाइल परीक्षण गरेको थियो। आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गर्‍यो विराटनगरमा बीमा सचेतना कार्यक्रम

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा …

प्रतिकृया दिनुहॊस