नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

काठमाडाैँ । नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

जसअनुसार बैंकले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री