नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

काठमाडाैँ । नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

जसअनुसार बैंकले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after