पाँचथर।पाँचथरबाट झापातर्फ जाँदै गरेको गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
३९ जना भन्दा बढी घाइते भएका छन्। को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका वडा ४ मा सोमबार बिहान साढे ११ बजे दुर्घटना भएको फिदिम नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधानले जानकारी दिइन्।
उपप्रमुख प्रधानका अनुसार बसले टेम्पोलाई ओभरटेक गर्न खोज्दा झरेर तल्लो बाटोमा पुगेको हो। उनले भनिन् ‘मैले जिल्ला अस्पताल पाँचथरसँग लिएको जानकारी अनुसार अस्पतालमा ३९ जना घाइते रहेको तथ्याङ्क छ।
प्रहरीसँग जानकारी लिँदा ती मध्ये ३ जनाको मृत्यु भएको भन्ने खबर आएकाे छ। हामी तथ्याङ्क संकलन गरिरहेका छाैँ। केही घाइतेहरूलाई अन्य अस्पतालमा समेत लगिएको हुनाले घाइतेको संख्या बढ्न सक्छ।’ थप विवरण आउन बाँकी छ।
तपाईंको प्रतिकृया




