कार दुर्घटनाबाट चालकको मृत्यु

सुनसरी ।सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा ON TEST कार आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् ।
विहीबार बेलुका  ८ बजे कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको सो कार  दुर्घटना हुँदा गम्भिर घाईते भएका दाहालको तत्काल स्थानिय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस