सरकारले काममा गति पक्रन नसकेकाे भन्दै गगन थापाकाे असन्तुष्टि

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए।

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनाबद्ध सोच अगाडि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे। उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। नेता थापाले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन् । हिमालय …

प्रतिकृया दिनुहॊस