डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा

काठमाडौँ ।अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ ।

डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार विहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो ।

प्रदेश नं १ का जिल्लामा विद्युत आपूर्ति गर्ने मुख्य सबस्टेसन दुहबी डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको थियो ।

सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सूचारु भइसकेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् …

प्रतिकृया दिनुहॊस