मुस्ताङमा ट्रिपर दुर्घटना, कालिगण्डकी कोरिडोरमा कार्यरत १५ मजदुरको मृत्यु

मुस्ताङ। मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३  स्याङ्बोचे कालीगण्डकी करिडोर सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मृत्यु  हुनेमा  ४ महिला र ११ जना पुरुष  छन् । ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् ।

उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरी हवल्दार परियारले बताएका  छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री