काठमाडौं।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रतिकृया दिनुहॊस