काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २०७६–७७ को नाफाबाट २७.३६% लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बसेको सञ्चालक समिति बैठकले २०७६–७७ को नाफाबाट २०% बोनस सेयर र ७.३६% नगद वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस र २ करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँ नगद बाँड्नेछ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरे पछि आगामी साधारण सभाबाट अनुमोदन भएसँगै लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।
तपाईंको प्रतिकृया




