राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स कारोबारमा क्यासब्याक अफर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल्सको माध्यमबाट प्रति कारोबार एक हजार वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यासब्याक अफर ल्याएको छ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक पाइनेछ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत क्यासब्याक, ६ देखी १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत क्यासब्याक, ११ देखी १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।यो योजना आगामी असोज २१ गते देखि कार्तिक २४ गतेसम्म लागू हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस