वर्ल्डलिंक अफरः दसैँमा पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट

काठमाडौं । विजया दशमीको अवसरमा वर्ल्डलिंकलेपुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज सार्वजनिक गरेको छ ।

कम्पनीको दसैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् ।

जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसका  लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ ।

त्यस्तै  ६ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ रहेको छ ।

यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटीभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ ।

८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दसैँ अफर लागु हुने कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकका अनुसार २ ओटा नेटटीभी सहित ८० एमबीपीएसको ६ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र ३ ओटा नेटटीभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुने कम्पनीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने …

प्रतिकृया दिनुहॊस