काठमाडौं ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६१दशमलव २८ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ६१ दशमलव २८ अङ्कले घटेर २ हजार ७ सय ५८ दशमलव ४७ बिन्दुमा आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ८० अङ्कले घटेर ५१९ दशमलव २७ बिन्दुमा आइपुगेको छ ।
स्टकका अनुसार आज कुल २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर ६ अर्ब ५ करोड १ लाख १७ हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस