नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को महासचिव बेदुराम भुसाललाई बनाइने भएको छ । बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दाबी गरेका थिए । भुसाललाई महासचिव बनाउने निर्णय दिउँसो बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने छ । बैठकले उनलाई महासचिव घोषणा गर्नेछ ।

मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री