विकास हाइड्रोपावरले १३ लाख ८८ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर  निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाटक्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको कम्पनीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री