नेपाल बङ्गलादेश बैंककोे १० औं विस्तारित सेवा केन्द्रको शुभारम्भ

काठमाडौं  ।नेपाल बङ्गलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालीकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि. को हाताभित्र आफ्नो १० औ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरे ।

हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि.लाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस