सुराकीको आरोप लगाउँदै तालिवानद्वारा पन्जशिरमा २० सर्वसाधारणको हत्या

अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन्।

सुराकीको आरोप लगाउँदै तालिवानले सर्वसाधारणको हत्या गरेको हो। हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ। त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन्।

युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन्। तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ।

गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो। युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री