आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडाैँ । आज देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा भारतको उडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव तथा मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेकोले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश– १, प्रदेश– २ र सुदूर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

  • तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र २९ गते (मंगलबार)

दिउँसोदेशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रही बाग्मती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र  ३० गते (बुधबार)

दिउँसोदेशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र वागमती प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र  ३१ गते (बिहीबार)

दिउँसोदेशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री