पेनाल्टी सुटआउटमा क्रोसियाले डेनमार्कलाई हरायो

काठमाडौं । डेनमार्कलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा पुगेको छ । गए राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट आउटमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । नियमित र अतिरिक्त समय १–१ मा सकिएपछी खेल पेनाल्टीमा पुगेको हो ।

डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो ।

तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल फर्काएको हो । क्रोएसियाका लागि स्ट्राइकर मारियो मान्डजुकिचले गोल गरेका थिए ।

दोस्रो हाफ र अतिरिक्त समयमा गोल हुन नसक्दा खेल पेनाल्टीतर्फ मोडिएको थियो । सुट आउटमा क्रोएसियाका गोलकिपर सुबासिचले ३ बचाऊ गर्दै टोलीलाई जिततर्फ डोर्‍याएका हुन् ।

पेनाल्टीमा दुवै टिमका सुरुका एक एक प्रहार किपरले बचाएका थिए । डेनमार्कका क्रिष्टियन इरिक्सन र क्रोएसियाका मिलान बादेलको प्रहार गोलकिपरले बचाएका थिए । त्यसपछि डेनमार्कका सिमाने कार र माइकल क्रोन तथा क्रोएसियाका अन्द्रे क्रामारिक र लुका मोड्रिचले गोल गर्दा खेल २–२ को स्थितिमा पुग्यो ।

त्यसपछि डेनमार्कका लास्से सोन र क्रोएसियाका जोसिप पिभारिकको प्रहार पनि गोलकिपरले विफल बनाए । निकोलाई योर्गेनसनको पाँचौं पेनाल्टी गोलकिपर सुबेसिचले बचाए । तर इभान राकिटिचको पाँचौं पेनाल्टी गोलमा परिणत भएपछि क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो ।

क्रोएसिया समूह ‘डी’को समूह विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको थियो भने डेनमार्क समूह ‘सी’ को उपविजेता हुन सफल भएको हो । यस अघि उरुग्वे, फ्रान्स र रसिया अन्तिम ८ मा प्रवेश गरिसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एनपीएलको उद्घाटन खेलका सबै टिकट अगाडि नै बिक्री

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका …

प्रतिकृया दिनुहॊस