आइतबार थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै। आज आइतबार नेपालमा  थप ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १३ जनाको मृत्यु भएको छ भने १४२३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९५   प्रतिशत रहेका छ । आज ११ हजार १८  नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप